नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकारसम्मेलनमा पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना भाइरसका संक्रमित थपिएको जानकारी दिइएको हो।
मन्त्रालयका प्रवक्ता प्राडा गौतमका अनुसार आज ९ हजार ६ सय ३९ सक्रिय संक्रमित छन्। त्यस्तै, होम आइसोलेसनमा २ हजार ६ सय १ जना रहेका छन्।
आईसीयूमा १ सय १३ जना, भेन्टिलेटरमा ६ जना उपचाररत रहेको डा. गौतमले बताए।
पछिल्लो २४ घण्टामा १ सय ६० जना निको भएका छन्। योसँगै हालसम्म १७ हजार ४ सय ९५ जना संक्रमित निको भएको जानकारी दिए।
यो कुल संक्रमितमध्ये ६४.२ प्रतिशत हो। पछिल्लो समय ११ हजार ५२० को परीक्षण गरिएको छ।