• बुधबार, असोज १४ २०८३

उपसभामुखलाई कोरोना संक्रमण


सोमबार, भाद्र १ २०७७
895
Shares

मकवानपुर । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङमा सङ्क्रमण पुष्टि भएको छ ।

तीन दिनअघि उपसभामुख तामाङको स्वाब लिइएको र सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले संक्रमण भएको पुष्टि गरेको हो।

आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन्।

तामाङसँगै उनका छोरामा पनि कोरोना देखिएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार