• सोमबार, साउन ११ २०८३

आधा शुल्कमै कोरोना परीक्षण गर्ने नोबेल अस्पतालको तयारी


सोमबार, भाद्र १ २०७७
750
Shares


विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सरकारले तोकेको शुल्क भन्दा आधा शुल्कमा कोरोना भाइरसको परिक्षण गर्ने तयारी शुरु गरेको छ ।

सरकारले सशुल्क कोरोना परीक्षणको लागि ५ हजार ५ सय रुपैयाँ तोकेको छ भने नोबेल अस्पतालले २ हजार ६ सय रुपैयाँमै कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ ।

अस्पतालका निर्देशक डा. राजेश नेपालले आउने साताबाट मोडिफाइड पिसिआर मेसिनबाट परीक्षण सुरु गर्ने बताएका छन्।

उनले मेसिनमा आउने नतिजाको गुणस्तर शंकास्पद आए मेसिन प्रयोगमा नल्याइने जनाए। यो मेसिनद्धारा गरिने परिक्षणलाई एन्टिजेन टेस्ट भनिएको छ।

यसमा पनि स्वाबबाटै परीक्षण गरिने हो तर आरएनए नछुटै स्वाब सिधैं हालेपछि संक्रमण छ/छैन भनेर एकीन गर्छ भनि नेपालले जनाए ।

उनले यो मेसिनले दुई देखि तीन घण्टामै नतिजा दिने दाबी गरेका छन्।निर्देशक नेपालले नोबेल अस्पतालका विरामीका लागि २ हजार र बाहिरका विरामीका लागि २ हजार ६ सय रुपैयाँ परीक्षण शुल्क तोकिएको जनाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार