पोखरा । समुदायस्तरमै कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि पोखरामा १ हप्ता निषेधाज्ञा लगाउने निर्णय भएको छ
पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
सोमबार राति १२ बजेबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते रातिसम्म जारी रहने समिति सदस्य शोभामोहन पौडेलले जानकारी दिए ।अत्यवश्यक बहेकका सम्पूण सेवामा रोक लगाएको र
स्थिति मध्यनजर गरेर बन्दाबन्दी थप्ने/नथप्ने भन्ने निर्णय गरिने पौडेलले बताए ।