• सोमबार, साउन ११ २०८३

औषधि व्यवस्था विभागले दियो तिन कम्पनीलाई ‘रेम्डेसिभिर’ खरिद गर्न अनुमति


सोमबार, भाद्र १ २०७७
635
Shares

औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा सफल मानिएको ‘रेम्डेसिभिर’ खरिद गर्न मापदण्ड पुगेका तीन वटा निजी कम्पनीलाई अनुमति दिएको छ ।

विभागका निर्देशक नारायण प्रसाद ढकालले यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई रेम्डेसिभिर आयात गर्न अनुमति दिइएको जनाए।

निर्देशक ढकालले आयात भएको रेम्डेसिभिर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर प्रयोग गर्ने र चिकित्सकहरूले प्रयोग गरेपछि औषधीको प्रभावकारिताबारे परिषद्ले पनि अनुसन्धान गर्ने बताए।

अमेरिका, युरोप र भारतमा यसको प्रयोगमा सफलता देखिएपछि नेपालमा पनि यसको प्रभावकारिताबारे अध्ययन गर्न परिषद्ले कदम चालेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार