• आइतबार, साउन १० २०८३

नेपालमा कोरोनाबाट पछिल्लो पटक पाँचजनाको मृत्यु


सोमबार, भाद्र १ २०७७
1.1K
Shares

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रति दिन बढ्दै गएको छ , पछिल्लो पटक नेपालमा थप पाँच जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ। पछिल्लो पटक पर्सामा दुई तथा ललितपुर, मोरङ र जनकपुरमा एक–एक जनाको मृत्यु भएको हो।

पाटन अस्पताल ललितपुरमा विगत १२ दिनदेखि उपचार गराइरहेका काठमाडौंका ६० वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

यसै गरी वीरगञ्जको नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका ३२ वर्षीय युवकमा आइतबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, पर्साको वीरगञ्ज–२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको पनि शनिबार बिहान ७ बजे मृत्यु भएको मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै जनकपुरमा तीन दिनअघि मृत्यु भएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै विराटनगरकी एक ५० वर्षीया संक्रमित महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार