• बुधबार, असोज १४ २०८३

नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीमा संक्रमण पुष्टि


सोमबार, भाद्र १ २०७७
995
Shares

पछिल्लो समय खेलकुद क्षेत्रमा पनि संक्रमण देखिन थालेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

केही दिनअघि एक फुटबल खेलाडीमा समेत संक्रमण देखिए पछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा कोरोना परीक्षणका लागि स्वाब दिएकामध्ये एक महिला र एक पुरुष कर्मचारीमा पोजेटिभ रिपोर्ट आएको हो।

उनीहरु दुवै जना अहिले घरमै आइसोलेसनमा बसिरहेका छन्। कुनै लक्षण नदेखिएका २ कर्मचारीलाइ कोरोना संक्रमण पुष्टि भएपछि अहिले केही पदाधिकारी र कर्मचारी घरमै सुरक्षित आइसोलेसनमा बसेको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार