• सोमबार, साउन ११ २०८३

नबिलको कोरोना कोषमा ६ करोड


सोमबार, भाद्र १ २०७७
725
Shares

काठमाडौँ — कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागी विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सरकारलाई आर्थिक सहयोग गरेको छ ।

यसै क्रममा नबिल बैंकले कोरोना कोषका लागि ६ करोड रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उक्त रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमबीच हस्तान्तरण गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई कोरोना भाइरस उपचारमा सहयोग पुर्‍याउन सहयोग गरेको बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार