• आइतबार, साउन १० २०८३

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६ सय ४१ संक्रमित


आइतबार, साउन ३२ २०७७
870
Shares

आज नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा कोरोना पुष्टि भएको छ।

आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ४१ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४७ परीक्षण गरिएकोमा ६ सय ४१ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३४ कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ।

त्यस्तै कोरोनाका कारण आज दुई जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार