• सोमबार, साउन ११ २०८३

भोलीबाट गोरखा जिल्ला सटडाउन, सरकारी कार्यालय पनि नखुल्ने (निर्णयसहित)


आइतबार, साउन ३२ २०७७
980
Shares

गोरखा । भोली सोमबारदेखि गोरखामा सटडाउन हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको कोरोना भाइरस रोकथाम नियन्त्रण र ब्यवस्थापन संम्बन्धि गोरखा जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि बन्द गर्ने निणर्य गरेको हो ।

गोरखा, पालुङटार सहित बिभिन्न पालिकाहरुमा समुदायस्तरमा समेत कोरोना देखिन थालेपछि सिसिएमसीले एक साता कडाईका साथ जिल्ला सटडाउन गर्ने निर्णय गरेको हो ।

जसमा भोलीदेखि सार्वजनीक, निजी सवारी, बैंक तथा बित्तिय संस्था, उद्योगधन्दा, ब्यापार ब्यवशाय सबै बन्द हुने बताइएको छ ।

त्यस्तै पास बाहेकका सवारी चल्न पाउने छैन्न भने औषधी, खाधान्न, पेट्रोलियम पदार्थ बाहेक अन्य ब्यवसायहरु बन्द गरिने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हर्क रोकाले बताए ।

खोल्न पाउने ब्यवसायले समेत सामजिक दुरीका साथै स्वास्थ्य सुरक्षा कडाईका साथ पालना गर्नुपर्ने छ ।

हेर्नुस निर्णय

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार