• सोमबार, साउन ११ २०८३

मोटरसाइकलसहित नदीमा खस्दा एक जनाको मृत्यु


आइतबार, साउन ३२ २०७७
905
Shares


मोटरसाइकलसहित नदीमा खस्दा दाङमा गए राति एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक बेपत्ता भएका छन् ।

लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् ।

बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएकोे छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार