• सोमबार, साउन ११ २०८३

कोरोनाको खोप छिट्टै बजारमा आउने रुसको दाबी


आइतबार, साउन ३२ २०७७
1.2K
Shares

रुसले दाबी गरेको सफल कोरोना खोप छिट्टै बजारमा आउने तयारी भई रहेको छ । विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ।

यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ।तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ।

तेस्रो चरणको परीक्षणमा हजारौं मानिसले खोप लगाउनेछन्। खोप उत्पादनको अनुमतिका लागि यो चरण महत्वपूर्ण मानिन्छ।रुसले खोपको नाम स्पुतनिक राखेको छ।

न्युज एजेन्सी इन्टरफेक्सका अनुसार खोप विकास गर्ने कम्पनी मस्कोस्थित ग्यामलाई इन्स्टिच्युटले डिसेम्बर–जनवरीसम्ममा मासिक ५० लाख डोज उत्पादन थालिने जनाएको छ।

पछिल्लो समय अमोरिकाले समेत रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार