• आइतबार, साउन १० २०८३

भरतपुर अस्पतालका प्रमुख तिवारीसहित तिन वरिष्ठ चिकित्सकमा संक्रमण पुष्टि


आइतबार, साउन ३२ २०७७
720
Shares

चितवन । भरतपुर अस्पतालमा कार्यरत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित तिन चिकित्सकमा संक्रमण पुष्टि भएको छ ।

शनिवार राति गरिएको परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

संक्रमित डा. तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् भने प्रा.डा. पोखरेललाई भने हल्का ज्वरो र सामान्य खोकी लागिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार