नेपालमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।
विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्नमा समस्या रहेको र ती महिलामा फोक्सोको तथा थाइरोइडको समस्या पनि रहेको थियो ।
उनको आइतबार बिहान मृत्यु भएको र नियमअनुसार शवको व्यवस्थापन भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले बताए ।