• सोमबार, साउन ११ २०८३

अजिरकोटका पहिरो पिडितलाई राहत हस्तान्तरण


आइतबार, साउन ३२ २०७७
925
Shares

गोरखा । अजिरकोट गाउँपालिका–१ घ्याच्चोकका पहिरो पिडितलाई राहत वितरण गरिएको छ । शनिवार विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारमा पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् ।

केही दिन अघि परेको अबिरल वर्षासँगै आएको पहिरोले पूर्ण रुपले घर भत्किएका ५ परिवारलाई जनही १५÷१५ हजारका दरले रकम उपलब्ध गराइएको छ ।

‘गाउँमै हेर्न जान त सकिएन, सबै विवरण हेर्दा उहाँहरुको घर बस्न नमिल्ने गरी भत्किएको रहेछ,’ उनले भने ‘पिडितहरुलाई भच्चेकमा बोलाएर रकम प्रदान गरेयौं ।’

अजिरकोट–१ घ्याच्चोकको धनसिरा साउनेपानीका आसमाया गुरुङ्ग, गणेश गुरुङ्ग, लक्ष्मण गुरुङ्ग, हजराम गुरुङ्ग, पूर्णबहादुर गुरुङ्गको परिवारलाई राहत रकम प्रदान गरिएको उनले बताए ।

विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट पिडितलाई सहयोग प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

घर भत्किएपछि पूर्ण रुपमा बिस्थापित भएका उनीहरु आफन्तको घरमा शरण लिइरहेका छन् ।

प्रजिअ भट्टराई, सहायक प्रजिअ देवी पाण्डे लगायत सबै सुरक्षा निकायका प्रमुखहरु लगायतको टोलीले अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिका क्षेत्रको अवलोकन समेत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार