गोरखा । शहिद लखन गाउँपालिकामा गरिएको पछिल्लो पिसिआर परीक्षणमा ४९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
साउन २६ र २७ गते बुंकोट र मनकामनामा स्बाव संकलन गरिएका ४९ जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
उनीहरु मध्ये भारत र तेश्रो मुलुकबाट आएका १४ र बाँकी ३५ जना भने स्थानीय शिक्षकहरु रहको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।
यससंगै शहिद लखन गाउँपालिकाका बिभिन्न बिधालयमा निर्माण गरिएकाे क्वारेनटाइन खाली भएका छन । ७ स्थानमा गरि ४१ बेडकाे क्वारेनटाइन हाल खाली रहेकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
पिसिआर परिक्षण गराउदा रिपाेर्ट नेगेटिभ आएकालाई हाल हाेम क्वारेनटाइनमा राखिएकाे उनले बताए ।