गोरखा । आरुघाटमा २८ जनाको स्वाब संकलन गरिएको छ ।
भारतबाट आएर घरमा बसेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको सम्र्पकमा आएको हुनसक्ने व्यक्तिको दोश्रो चरणको नमूना संकलन गरिएको हो ।
यस अघि पहिलो चरणमा ९ जनाको कन्ट्याक्ट टे«सिङ गरिएको थियो ।
शनिवार आइसोलेशनमा रहेका एक जना, उनका छिमेकीहरु ३ जना र आरुघाट बजारमा रहेका बैंक तथा वित्तिय संस्थामा कार्यरत २२ जनाको नमूना संकलन गरी परीक्षणका लागि पठाइएको आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए ।
भीमोदय माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका ११ जनाको रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई शनिवार नै घर पठाइएको उनले बताए ।