गोरखा नगरपालिका–६ रङ्गशाला आसपासका २५ जनाको कन्ट्याक्ट टे«सिङ गरिएको छ । शुक्रबार सोही क्षेत्रकी एक महिलामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएको हुनसक्ने २५ जनाको नमूना संकलन गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।
केही दिन अघि लक्ष्मीबजारकी एक महिलामा कोरोना पुष्टि भएको थियो । उनको सम्र्पकमा आएको आशंकामा गरिएको कन्ट्याक्ट टे«सिङमा ४७ वर्षीय ती महिलामा पनि संक्रमण देखिएपछि उनको परिवार, आफन्त छरछिमेकी लगायतको नमूना संकलन गरी परीक्षणका लागि पठाइएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए ।
यसै वीच गोरखा नगरपालिकाले विभिन्न वडाको होम क्वारेन्टिनमा रहेका थप ५ जनाको पनि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेको स्वास्थ्य शाखाका राजेश रानाले जानकारी दिएका छन् ।