गोरखा । गोरखा क्याम्पसको आइसोलेशनमा रहेका ३ जना शनिबार डिस्चार्ज भएका छन् ।
जिल्ला अस्पताल गोरखाले दिएको जानकारी अनुसार कोरोना संक्रमणमुक्त भएका पालुङ्टारका ३ जनालाई शनिवार घर पठाइएको हो ।
वडा नम्बर ६ का ३५, ८ का २४ वर्षीय पूरुष र ९ की ३९ वर्षकी महिला निको भएर डिस्र्चाज भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
अब गोरखा क्याम्पसकाे आइसाेलेसनमा २ जना मात्रै संक्रमित बाँकी रहेकाे ढकालले बताए ।
योसँगै गोरखामा ११७ जना निको भएर घर फर्किएका छन् ।