• बुधबार, असोज १४ २०८३

नेपालमा थप ४६८ जना कोरोना संक्रमित थपिए


शनिबार, साउन ३१ २०७७
845
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको छ।

प्रवक्ता गौतमका अनुसार आज ११ हजार ४७ जनाकाे पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १७ हजार २०१ पुगेका छ।

नेपालमा कोरोना निको हुनको प्रतिशत ६६.१ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार