• आइतबार, साउन १० २०८३

गण्डकीमा थपिए १० जना काेराेना संक्रमित


शनिबार, साउन ३१ २०७७
675
Shares

गोरखा । गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् ।

कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. २ र ४ मा एक–एक जना पुरुषमा संक्रमण देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५ मा एक जना र वडा नं. ८ मा दुई जना संक्रमित फेला फेला परेका छन् । वडा नं. ८ मा संक्रमण पुष्टि हुनेमा एक जना महिला हुन् ।

यस्तै बागलुङको बागलुङ नगरपालिका वडा नं. ३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखाको गोरखा नगरपालिका ६ मा ४७ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पाइएको छ ।

यस्तै स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. १३ मा ३० वर्षीय पुरुष र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ मा ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार