• आइतबार, साउन १० २०८३

समुदायस्तरमा काेराेना देखिएपछि पालुङटारमा आजदेखि आठ दिन लकडाउन


शनिबार, साउन ३१ २०७७
1.1K
Shares

गोरखा । गोरखाको पालुङटारमा लकडाउन घोषणा गरिएको छ । शनिबार बिहान पालुङटार नगरपालिकाले एक सुचना प्रकाशति गर्दै आगामी भदौ ८ गतेसम्मका लागि लकडाउन गर्ने जनाएको होे ।

पालुङटार ४ का ३२ बर्षिय एक महिलालाई बिहिबार कोरोेना संक्रमण देखिएपछि जोखिम बढ्न सक्ने भन्दै नगरक्षेत्रमा एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख दिपकबाबु कडेंलले बताए ।

संक्रमण देखिएका ब्यक्तिको ट्राभल हिष्ट्र समेत नभएको र घर मै बसेर चितवन गएपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

‘उनि जनसम्पर्कमा रहने ब्यक्ति नै हो, ट्राभल हिष्ट पनि छैन, क्वारेनटाइनमा बसेको मान्छे पनि होइन’ मेयर केडेंलले भने ‘संक्रमण समुदाय स्तरमा देखियो, अब थप जोखिम नहोस भनेर एक हप्ताका लागि लकडाउन गरेका हौ ।’

साउन ३२ देखि लागु हुने गरी नगरक्षेत्रभित्र अत्यावस्यक सेवा स्वास्थ्य, खाद्धान्न, एम्बुलेन्स, औषधी, लगायत बाहेक अन्य सबै प्रकारका ब्यवसायहरु बन्द तथा ब्यक्तिहरुलाई हिडडुलमा प्रतिबन्ध लगाइएको सुचनामा उल्लेख छ ।

मेयर कडे‌लका अनुसार सिमा जाेडिएका तनहुँकाे भानु र बन्दिपुरमा समेत समुदायमा काेराेना देखिएकाे र साे क्षेत्रबाट हुन सक्ने सम्भावित आवतजावतलाई राेक्न सिमामा कडाइ समेत गरिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार