• शनिबार, भाद्र २० २०८३

थर्माेमिटरले जाँचेर कोरोना संक्रमण पत्ता लाग्दैन


शनिबार, साउन ३१ २०७७
950
Shares

अमेरिकाका विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले थर्माेमिटरले तापक्रम जाँचेर कसैलाई कोरोनाको संक्रमण छ कि छैन भनेर एकिन गर्न नसकिने बताएका छन्।

एक फेसबुक लाइभ कार्यक्रममा उनले तापक्रम नाप्नु भरपर्दाे जाँच नभएको बताए। उनका अनुसार अमेरिकाको राष्ट्रपति कार्यालय र नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजेजले तापक्रम नाप्न बन्द गरिसकेका छन्।

विश्वमा धेरै कम्पनी, कार्यालय तथा अन्य स्थलमा प्रवेश गर्नुपहिले तापक्रम नाप्ने गरिएको छ।

यसो गर्नुभन्दा बरु मानिसलाई सीधै सोध्नु राम्रो हुने डाक्टर फाउचीको सुझाव छ। उनले भने, ‘किनकि कहिलेकाहीं तापक्रम गलत देखिन्छ।’ बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार