• सोमबार, साउन ११ २०८३

सवारी चालक अनुमतिपत्र वितरण बन्द गरियाे


शनिबार, साउन ३१ २०७७
815
Shares

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी छ। कार्यालयमा भीड भएको भन्दै अनुमतिपत्र वितरण हाललाई रोकिएको छ।

कार्यालयका अनुसार विभागबाट छापिएर आएका धेरै अनुमतिपत्र वितरण गर्न बाँकी छ। सरकारले चैत ११ गतेदेखिको लकडाउन हटाएपछि कार्यालयले असार र साउनको दोस्रो सातासम्म अनुमतिपत्र वितरण गरेको थियो।

बन्दाबन्दीपछि झण्डै ४० हजार अनुमतिपत्र वितरण गरिएको कार्यालय प्रमुख डम्बरबहादुर कार्कीले जानकारी दिए। कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा र अनुमतिपत्र दिने दुवै काम रोकिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार