गोरखा । गोरखा बजारमा बसोबास गर्ने एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ हरमटारी क्षेत्रमा बसोबास गर्ने ४७ बर्षिय एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
लक्ष्मीबजारमा व्युटिपार्लर सञ्चालन गर्नेमा संक्रमण देखिएको आधारमा कन्ट्याक ट्रेसिङ गर्ने क्रममा खेलकुद मैदान आसपासकी ४७ बर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएको बताइएकाे छ ।