• बुधबार, असोज १४ २०८३

सवारी पासका लागि गाेरखा प्रशासनले तयार पार्याे तिन मापदण्ड


शुक्रबार, साउन ३० २०७७
830
Shares

गोरखा । गोरखामा सवारी पास वितरणमा कडाई गरिएकाे छ । देशभर काेराेना भाइरसका संक्रमित बढ्न थालेपछि बुधबार मात्रै गृह मन्त्रालयले सवारी पास वितरण राेक्न निर्देशन गरेकाे थियाे ।

तर निर्देशन दिएकाे २४ घण्टा बित्न नपाउदै मन्त्रालयले पुन अर्काे सुचना प्रकाशित गर्दै अत्यावस्यकलाई मात्रै पास दिन पत्राचार गरेकाे थियाे ।

साे स‌गै शुक्रबार जिल्ला प्रशासन कार्यालय गाेरखामा भएकाे सिसिएमसीकाे बैठकले ३ वटा मापदण्ड बनाउदै सवारी पास वितरणलाई ब्यवस्थित र कडाई गरेकाे कार्यालयका प्रशासकिय अधिकृत हर्क राेकाले जानकारी दिए ।

जसमा बिरामी तथा सुत्केरी सवार एम्बुलेन्स बाहेकका सवारी, अत्यावश्यक सेवा प्रवाह गर्ने पदाधिकारी, राष्ट्रसेवक कर्मचारी सवार सवारी साधन, विदेश जाने प्रयोजनको लागि हवाई टिकट कन्फर्म भएका व्यक्ति सवारी साधनलाई मात्रै सवारी पास उपलब्ध गराउने निर्णय भएकाे राेकाले बताए ।

हेर्नुस सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार