• आइतबार, साउन १० २०८३

कोरोनाबाट थप चार जनाको मृत्यु, मृतकको संख्या एक सयको नजिक


शुक्रबार, साउन ३० २०७७
670
Shares

आज नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाका कारण थप चार जनाको मृत्यु भएको पुष्टि गरे।

प्रवक्ता गौतमका अनुसार आज मोरङ र सिरहाका एक/एक जना पुरुष र बारामा २ जान पुरुष गरी चार जनाको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा पुरुष ७७ र पहिला २२ जना रहेका छन्। उनका उनुसार सबैभन्दा बढी प्रदेश २ मा ४२ जना रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार