आज नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ९४ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ को पीसीआर परीक्षण गरिएको थियो।
प्रवक्ता गौतमले देशभरका क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना रहेको जानकारी दिए।
त्यस्तै पछिल्ले २४ घण्टमा २ सय ४० कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ।