• बिहिबार, भाद्र ४ २०८३

एक हप्ताका लागी भरतपुर लकडाउन


शुक्रबार, साउन ३० २०७७
780
Shares


चितवन । समुदायस्तरमा संक्रमण फैलिन थाले पछि भरतपुर एक हप्ताका लागी लकडाउन गरिएको छ ।

भरतपुर महानगरपालिकाले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको छ ।

शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी लगायत सरोकारवाला निकायको बैठकले महानगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन थालेकोले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार