• सोमबार, साउन ११ २०८३

शरीर बन्धकको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ


शुक्रबार, साउन ३० २०७७
690
Shares

काठमाडौं । शरीर बन्धकको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् ।

उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उहाँविरुद्ध उजुरी परे पछि प्रहरीले खड्कालाई पक्राउ गरेको रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले जानकारी दिए ।

खड्का तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष हुन् । यद्यपि, हाल उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निलम्बन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार