चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आकस्मिक कक्षमा कार्यरत स्वस्थ्यकर्मीमा संक्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको हो ।
अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ ।
बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।