पोखरा । समुदायस्तरमा फैलियो संक्रमण तनहुँको भानु नगरपालिकाको एकै वडामा २० जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार भानु नगरपालिकाको वडा नं. १ मा १४ जना पुरुष र ६ जना महिलामा कोरोना पुष्टि भएको हो ।
यसरी संक्रमित हुनेमा ५ वर्षे बालिकादेखि ५२ वर्षीय पुरुषसम्म छन् । योसँगै गण्डकी प्रदेशमा १ हजार ६ सय ८१ जनामा कोराना पुष्टि भएको छ ।