काठमाडौं । कोरोना संक्रमणको जोखिम स्वस्थ्य क्षेत्रमा मात्र नभई अन्य क्षेत्रहरुमा पनि देखिएको छ त्यसैले बैंक कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएमा सम्पूर्ण खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो ।
संक्रमण देखिएको कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि यो सँगै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।
संक्रमित उपस्थित हुन नसकेको अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनु पर्नेछ । राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा दिन भनेको हो। सेवा दिदा बैंकहरुले सम्भव भएसम्म वर्क फर्म होम वा सहज कार्य शैली (फ्लेक्जीवल वर्किङ मोडल) अपनाउन भनेको छ ।