• बुधबार, असोज १४ २०८३

बाटोबाटै लुटियो झन्डै डेढ लाख रकम


शुक्रबार, साउन ३० २०७७
725
Shares

एक महिलाको बिहीबार साँझ बाटोबाटै झन्डै डेढ लाख रकम लुटिएको छ ।

स्कुटरमा शिव टोलतर्फ जाँदै गरेकी पोखराको नयाँगाउँ सेन्टमेरिज चोक बस्ने सीता गिरीको सिताराम प्लटिङ नजिकै नगदसहितको ब्याग मोटरसाइकलमा आएका दुई युवकले लुटेर फरार भएको गिरीले प्रहरीलाई बताएकी छन्।

उनको ब्यागमा एक लाख २७ हजार नगद रहेको गिरीले प्रहरीलाई जानकारी दिएकी छन्।

चोरी कार्यमा संलग्न व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार