Concept to represent the 2020 virus threat Coronavirus, blood in a test tube.
काठमाडौं । विश्वकप लगायत सम्पूर्ण खेलहरु स्थगित गरिए पछि घरेलु मैदानमा खेल्न गएका राष्ट्रिय टिमको एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।
तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।
मंगलबार २३ खेलाडीसहित २९ जनाको परीक्षण गरिएकोमा बिहीबार २२ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । एन्फाले एक खेलाडीको पुन परीक्षण गर्नुपर्ने मात्र भनेको थियो ।