काठमाडौँ — कोरोना संक्रमण बढे पछि देशले मात्र आर्थिक भार उठाउन नसक्ने भएको छ । यसैले विभिन्न लघुवित्त संस्थाहरुले देशलाई आर्थिक सहयोग गरेको छ ।
यसै क्रममा एनएमबी लघुवित्त संस्थाले सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १३ लाख ६२ हजार ६० रुपैयाँ सहयोग गरेको छ ।
कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा ०७७ असार मसान्तसम्म जम्मा भएको रकम सहयोग गरेको हो ।