लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।
प्रहरीले गोप्य सूचनाको आधारमा बिहिबार दिउँसो शान्ति चोकबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ शान्ति चोक निवासी ३२ वर्षीय राकेशकुमार लोनिया र २८ वर्षीय छविलाल लोनियालाई पक्राउ गरेको हो ।
ती दुई पक्राउ युवा सहित दुई ग्राम एकसय मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवाश खड्काले बताए ।
पक्राउ परेका दुबै जना विरुद्ध लागु औषध मुद्दा दायर गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।