• आइतबार, साउन १० २०८३

स्वास्थ्यकर्मीमा बढ्न थाल्यो संक्रमण


शुक्रबार, साउन ३० २०७७
795
Shares

काठमाडौं । कोरोना संक्रमणको जोखिम स्वास्थ्यकर्मीमा बढ्न थालेको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

इमर्जेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा बुधबार कोरोना देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएकाले हाल इमर्जेन्सी विभाग सिल गरिएको छ ।

थपिएका संक्रमित इमरजेन्सीको नभई अन्य वार्डको रहेको अस्पतालका व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए ।

इमरजेन्सी विभागका एक सय भन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार