मेलिना बराम
गोरखा । कोरोना संक्रमणको जोखिम समुदायस्तरमै बढ्न थाले पछि गोरखा नगरपालिकाले अत्यावश्क बाहेकका सेवामा रोक लगाएको सूचना जारी गरेको छ ।
पछिल्लो समय गोरखाको लक्ष्मि बजारमा पनि संक्रमित भेटिए पछि बजारमा लकडाउन खुले लगतै खुलेका सैलुन, ब्यूटिपार्लर, जिमखाना, मनेरञ्जनस्थल लगायत मानिसहरुको भिडभाड हुने क्षेत्रहरु बन्द गरिएको हो ।
यसैगरि शैक्षिक संस्थाहरु, विधालय, कलेज, तालिम केन्द्ध, गोष्टि, सेमिनार, बैठक,धार्मिक तथा सामाजिक स्थलमा हुने कार्यहरु पनि पूर्ण रुपमा बन्द गएिको हो । सवारी साधन आवत जावतले पनि संक्रमणको जोखिम बढ्ने हुनाले हाल सम्म दिइदैँ आएको सवारी पास पनि नदिने गोरखा जिल्ला प्रशासन कार्यलयले निर्देशन गरेको छ ।
साथै विश्वव्यापी रुपमा कोरोना संक्रमणको नियन्त्रण, रोकथाम, व्यवस्थापनका कार्यहरु गर्दा पनि भिडभाड नगरि सामाजिक दुरी कायम गरि गर्न भनिएको छ ।
वडा कार्यलय तथा नगरपालिका कार्यलयबाट प्रवाह हुदैँ आएका अत्यवश्यक काम र विपद व्यवस्थापनका कार्य वाहेक अन्य कार्यहरु अर्को सूचना जारि नहुदाँसम्मको लागी सम्पूर्ण कार्यहरु बन्द गर्न निर्देशन दिएको छ ।
हेर्नुस् नगरपालिकाले जारी गरेको सूचना
