• सोमबार, साउन ११ २०८३

पहिरोले घर पुरिदाँ पाँच परिवार सम्पर्कविहीन


शुक्रबार, साउन ३० २०७७
670
Shares

सिन्धुपाल्चोक — आज बिहान अविरल वर्षापछि आएको पहिरोले घर पुरिदाँ जुगल गाउँपालिका–२ लिदीमा पाँच परिवार सम्पर्कविहीन भएका छन् । । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो ।

पहिरोले घर पुरिएको भए पनि मानिसको संख्या भने यकिन गर्न नसकिएको र उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलमा जुटिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारि दिए ।

पहिरोमा परेका मध्ये १५ जनाको उद्धार गरिएको छ भने बाँकीको उद्धार गर्नका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार