• बुधबार, असोज १४ २०८३

पहिरोले घर पुरिदाँ एकै परिवारका छ जनाको मृत्यु


शुक्रबार, साउन ३० २०७७
735
Shares

अविराल वर्षाका कारण आएको पहिरोले घर पुर्दा कालिकोटको महावै गाउँपालिका–३ नकुमा एकै परिवारका छ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेशका वडा सदस्य रजबहादुर विष्टको घर बिहीबार राति साढे १२ बजे पहिरोले पुरेको हो।

पहिरोमा परेर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ।

सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार