• सोमबार, साउन ११ २०८३

तरकारीको भाउ र बिक्री दुबै घट्यो


शुक्रबार, साउन ३० २०७७
820
Shares

काठमाडौं । १५ दिन अघिसम्म आकाशिएको तरकारीको मूल्य केही दिनयता ओरालो लागेको छ छ । दुई साताको अन्तरालमा ८२ प्रतिशतसम्म मूल्य घटेको व्यवसायी तथा उपभोक्ताले बताएका छन् ।

बाढी र पहिरोका कारण काठमाडौं आउने बाटो अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको थियो । बाटो सहज भएसँगै मूल्य पनि सस्तो भएको व्यवसायीको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो दुई सातामा तीन दर्जन तरकारीको मूल्य घटेको छ ।

साउन १६ गते घिरौलाको प्रतिकिलो थोक मूल्य ९८ रुपैयाँ थियो । यसमा अहिले ८२ प्रतिशतले कमि आएर साउन २९ मा १८ रुपैयाँ प्रतिकिलोमा झरेको छ । यस्तै तीन सय ६० रुपैयाँ प्रतिकिलोको हरियो धनिया ७३ प्रतिशतले सस्तिएर ९५ रुपैयाँ प्रतिकिलो कायम भएको छ । यस अवधिमा तिते करेला, गाजर, तने बोडी, टनेल तथा सानो गोलभेडाको मूल्यमा पनि उच्च गिरावट आएको बजार विकास समितिले जनाएको छ ।

भारतीय रातो आलुमा दुई प्रतिशत र टनेल गोलभेडामा ४५ र सानो गोलभेडामा ३३ प्रतिशतको मूल्य गिरावट भएको व्यवसायी गीता आचार्यले बताए । घिउसीमी, तितेकरेला, भण्टा, प्याजको लगायत तरकारीको भाउ घट्दा मुडेको रातो आलु, हरियो र अकबरे खुर्सानीको मूल्य भने थोकमा बढेको छ । यस अवधिमा स्थानीय रातो आलु, मुला, हाईब्रीड घिउसीमी र च्याउका उत्पादनको मूल्य भने स्थिर छ ।

त्यस्तै तरकारीकाे खपत समेत पछिल्लाे समय घटेकाे ब्यवासायी बताउछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार