• आइतबार, साउन १० २०८३

कोरोनाबाट पछिल्लो २४ घण्टामै प्रदेश २ मा ६ जनाको मृत्यु


बिहिबार, साउन २९ २०७७
745
Shares

पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

बाराका चारजना पुरुषको मृत्यु भएको छन्। ७८, ३८, ६५ र ५० वर्षका पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

४ जना मध्ये एकजनाको वेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार धनुषाका ७० वर्षीय पुरुष र ६५ वर्षीया एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

योसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। मृत्यु हुने मध्ये ८ जना महिला छन्।

पर्सामा १९ जना, धनुषामा ६ जना, बारामा ६ जना, सप्तरीमा ३, महोत्तरीमा २, रौतहटमा २ र सिरहामा १ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा छ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा १५१ जना संक्रमित थपिएका छन्। पर्सामा ३९, धनुषामा २८, महोत्तरीमा २३, रौतहटमा २१, बारामा २०, सप्तरीमा १२, सर्लाहीमा ५ र सिरहामा ३ जना संक्रमित फेला परेका स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत झाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार