• सोमबार, साउन ११ २०८३

आधा कर्मचारीबाट कार्यालय सञ्चालन


बिहिबार, साउन २९ २०७७
745
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अब देखि आधा कर्मचारीले मात्रै कार्यालय सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने मन्त्रालयद्वारा बिहीबार जारी परिपत्रमा उल्लेख छ ।

२६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर कार्यालय चलाउनु पर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार