आज देश भर गरिएको परिक्षणमा ५ सय २५ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ५ सय २५ संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।
विगत २४ घण्टामा १ सय ९ जना डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १६ हजार ९ सय ३४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।
विगत २४ घण्टामा ९ हजार ८ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ।
विगत २४ घण्टामा ४ मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ।
मृतकमध्ये ७३ जना पुरुष र २२ जना महिला छन्।