स्वास्थ्यकर्मी , सुरक्षकर्मीमा मात्र नभई राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको हो । उनले स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना संकक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएसँगै बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग पुरै सिल गरेर त्यहाँ कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको बैंक सम्बद्ध एक अधिकारीले जानकारी दिएका छन् ।