• बुधबार, असोज १४ २०८३

गण्डकी सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना


बिहिबार, साउन २९ २०७७
920
Shares

आज मौसम पूर्वानुमान महाशाखाका जानकारी अनुसार गण्डकी सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

बिहिबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छन् ।

गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार