आज हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका—५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन रहेको प्रहरीले बताएका छन् ।
घाइते अटो चालक मनहरी गाउँपालिका—५ बसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिलमा उपचार भइरहेको छ ।