कोरोना संक्रमणको जोखिम बढिरहेकाले राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्न स्थगित गरिएको छ ।
कोरोना प्रभावको अर्को व्यवस्था नभए सम्म विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगित गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बुधबार सूचना जारी गरी कोरोना भाइरस प्रभावका कारण आजदेखि विवरण भर्ने काम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका हुन् ।
कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढिरहेको भन्दै राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने क्रममा डिजिटल दस्तखत, डिजिटल औँठा छाप र डिजिटल आइरिस लिने कार्य बन्द गरिएको हो ।