• बिहिबार, भाद्र ४ २०८३

सस्तो ब्याजदरमा ऋण दिन बैंकहरूको प्रतिस्पर्धा


बिहिबार, साउन २९ २०७७
900
Shares

कोरोना प्रभावको कारण बैंकहरूले सस्तो ब्याजदरमा ऋण दिने भनिएको छ ।

हाल बैंकमा पर्याप्त तरलता भएकाले पछिल्लो समयमा अधिकांश बैंकको आधार दर घट्दै जाँदा ब्याजदर सस्तिएको नविल बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले जानकारी दिइन्।

कोरोना संक्रमणले गर्दा बैंकबाट प्रवाह हुने ऋणमा कमी आएको छ। यसैगरी ठूला उद्योग व्यवसायमा ऋणको पर्याप्त माग हुन सकिरहेको छैन।

अधिकांश बैंकले एक वर्षसम्म ग्राहकसँग ब्याजदर नबढाउने प्रतिवद्धतासमेत जनाएका छन्।

हालै निक्षेपमा ब्याजदर घटाएर बैंकले नयाँ घर, गाडी किन्न सस्तो ब्याजको अफर ल्याउन थालेका हुन्। घर र गाडीमा बैंकबीच सस्तो ब्याजदरमा ऋण दिने प्रतिस्पर्धा नै देखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार